संखुवासभा । सिलिचोङ गाउँपालिका वडा नं. ३ ताम्कुमा भालुको आक्रमणबाट एक पुरुष गम्भिर घाईते भएका छन् ।
भालुको आक्रमणबाट सिलिचोङ गाउँपालिका वडा नं. ३ ताम्कु स्थित मानेटारका १७ बर्षिय अलक बहादुर राई गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
घर नजिकै बारीमा काम गर्दे गरेका १७ बर्षिय युवकलाई आइतबार बेलुका ४ बजे भालुले आक्रमण गरेर घाईते बनाएको सिलिचोङ–३ वडाध्यक्ष प्रतापसिं तामाङले बताए ।
आक्रमणबाट उनको अनुहार, टाउको र हातमा गहिरो चोट लागेको छ ।
घाईते राईको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र ताम्कुमा सामन्य उपचार पछि जिल्ला अस्पताल खाँदबारी ल्याईएको थियो ।
जिल्ला अस्पतालमा पनि उपचार हुन नसेकेपछि थप उपचारका लागि विपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको वडाध्यक्ष तामाङले जानकारी दिए ।
मकालु बरुण राष्ट्रिय निकुन्ज क्षेत्र भित्र रहेको यो क्षेत्रमा बर्षेनि भालुको आक्रमण बढ्दै गएको छ ।