ब्लाष्टखबर । मगलबार अवैध रूपमा भारत तर्फ चाेरी निकासी गरी लादै गरेकाे अवस्थामा २० वटा गाई गाेरू प्रहरीले बरामद गरेकाे छ । 

रंगेली नगरपालिका ४ चिसिङ खाेलाकाे बरगर हुदै भारत तर्फ चाेरी निकासी हुँदै गरेकाे अवस्थामा इलाका प्रहरी कार्यालय रङ्गेली र अस्थायी प्रहरी चौकी बेतौनीबाट खटिएको प्रहरी टोली गयराती साढे १० बजे १६ वटा गाई र चारवटा गोरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ । 

कार्यलयका अनुसार भेटनरी क्वारेटाइनको सिफारिस नभएको २ लाख ८० हजार मुल्य बराबरकाे उक्त चाैपायलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेको छ ।