बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको वार्ड नं. २, जब्दीमा माटोको ढिस्कोले पुरिएर टयाक्टर मजदुर आशिष सदाको ज्यान गएको छ ।
बुधवार साँझ सुनसरी मोरङ्ग सिंचाई योजनाको नहरमा माटो खन्दै गर्दा बराहक्षेत्र–३ विचपानी बस्ने अन्दाजी १८÷१९ वर्षका सदाको मत्यु भएको ईलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर पाडन्व राजबंशीले जानकारी दिए ।
को २ त ६६४० नम्बरको ट्याक्टरमा चालकसंगै आएका सदाले माटो खनेर ट्याक्टरमा राख्दै गर्दा ढिस्को लडेर पुरेपछि उनको घटना स्थलमै मृत्यु भएको इन्स्पेक्टर राजवंशीले बताए । घटना पछि नाम ठेगाना नखुलेकमा टयाक्टर चालक सम्पर्क विहिन भएका छन् । ट्याक्टर लाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
शव पोस्टमार्डमको लागि धरान स्थित विपि क्याम्प पठाइएको प्रहरीले जनाएको छ ।