ब्लाष्टखबर । विराटनगर महानगरपालिका-१४ महत्तो टोलका ४० बर्षीय धजनलाल महत्तोको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधबार दिउँसो साँढे ३ घर अगाढी रहेको कदमको रुखको हांगा झार्ने क्रममा रुखको हांगाले बिद्युतको मेन तार छुदा करेन्ट लागेर रूखबाट झरेका थिए ।
घाईते महत्तोलाई उपचारको लागी कोशी अस्पताल पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।