धनकुटा । धनकुटा नगरपालिका वडा नंं.९ रुद्रबारी घर भएकी वर्ष ५४ की एक महिला बिहिबारे हटिया भर्न जाने क्रममा धनकुटाको ट्राफिक पोष्टमा बसले किचेर बिहिबार बिहान घटनास्थल मै मृत्यु भएको छ ।
रुद्रबारी घरबाट धनकुटा न.पा.–५ बिहिबारेमा हटिया भर्न बस चढेकी अन्दाजी वर्ष ५४/५५ कि गुणा राई धनपा–७ जिरोपोईन्ट स्थित् ट्राफिक पोष्टमा बसबाट झर्ने क्रममा दुर्घटनामा परेकी हुन् ।
मृतक राई को.१ ख. ४०७४ नम्वरको बसबाट झर्ने क्रममा धक्का दिएको अवस्थामा सडकमा लडेपछि पछिल्लो चक्काले किचेर मृत्यु भएको घटनाका प्रतक्ष्यदर्शी ट्राफिक प्रहरी दिपक खड्काले बताए ।
उनी बिहिबारे हटिया भर्न धरानबाट तेह्रथुमको म्याङ्गलुङ्ग बजार जाने यात्रुवाहक बसमा चढेर रुद्रबारीबाट जिल्ला सदरमुकाम धनकुटा बजार आउने क्रममा दुर्घटनामा परेको मृतककी नन्द सर्मिता राईले बताईन ।
मृतक राईकी पहिलो श्रीमानलाई पनि करिब १ दशक अघि बसले नै किचेर मृत्यु भएपछि दोश्रो श्रीमानसंग विवाह गरेर बस्दै आएकी सर्मिताले बताईन । उनले दुर्घटना जिल्ला ट्राफिक प्रहरीको पोष्ट अगाडी नै घट्नु दुखद भएको बताइन् ।
ट्राफिक प्रहरीले निगारानी गर्दा गर्दै लापार्वाही गरेर दुर्घटना घटाउने वसका स्टाफलाई कडाभन्दा कडा कार्वाही गर्नु पर्ने औल्याएकी छन् ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले ट्राफिकले सिटी फुक्दा फुक्दै आफैले झारेको (पेसिन्जर) यात्रु कता गयो वा बाटो क्रस गर्यो गरेन वास्ता नै नगरी चालकले बस चलाउँदा दुर्घटना भएको दावी गरे । यो चालक र गाडी स्टाफको गम्भिर लापार्वाही भएको दावी गरे ।
उनले दुर्घटना करिव विहानको साडे ८ बजेको समयमा भएको बताए । ट्राफिक प्रहरी करिब बिहान ६ वजे देखी सडकमा डिउटी गर्ने गरेको अवस्थामा ट्राफिक पोष्टमा ट्राफिककै आँखा अगाडी दुखद दुर्घटना भएर यात्रुको मृत्यु हुनु आफ्नो जीवनमा पहिलो घटना भएको खड्काले सुनाए ।
बसको चालक धनपा–९ मुलघाट निवासी वर्ष ३० का नविन लिम्वु र यात्रु वाहक बसलाई प्रहरीले नियन्त्रणमा लिएको जिप्रका धनकुटाका प्रमुख गोविन्द अधिकारीले वताए । घटनापछि मृतकको लास पोष्टमार्टमको लागी जिल्ला अस्पताल धनकुटामा राखिएको प्रहरीले जनाएको छ ।
तस्विर÷धनकुटा–७ जिरोपोईन्ट जहाँ जिल्ला ट्राफिक प्रहरीको २४ घण्टा जस्तो चेकजाँच हुने गरेको स्थानमा सानो लापार्वाहीले गम्भिर दुर्घटना भएर ५४ वर्षिय वृद्धले आफ्नो ज्यान गुमाउने परेको छ । तस्विर ः सन्तवीर लामा÷ब्लाष्ट