भण्टाबारी । सुनसरीको कोशी गाउँपालीका ४ स्थित कोशी कटानमा आज दिउँसो भीषण आगलागी भएको छ ।

बिहीबार दिउँसो ३ बजेतिर स्थानीय बिनोद यादवको कोशी कटान कुखुरा फर्ममा अचानक आगलागी हुँदा लाखौं बराबरको क्षति भएको बताइएको छ ।

आगो पूर्णरूपमा अझै नियन्त्रणमा आइसकेको छैन भने यसबारे विस्तृत विवरण आउन बाकी छ ।