भण्टाबारी । सुनसरीको कोशी गाउँपालीका ४ स्थित कोशी कटानमा भएकाे आगलागीबाट १५ लाख बराबरको क्षति भएको खुलेकाे छ ।
बिहीबार दिउँसो ३ बजेतिर स्थानीय बिनोद यादवको कोशी कटान कुखुरा फर्ममा अचानक आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।
घरबाट आगलागी भएको स्थानीयले बताए पनि आगलागी कसरी भएको बारेमा आफू अनबिज्ञ रहेको पीडित यादवको भनाइ छ ।
आगलागीबाट पाँचवटा कुखुराको खोरका साथै खोर भित्र रहेका सयौं चल्लासमेत जलेर नष्ट भएको उनले जानकारी दिए । आगलागीलाई करिब एक घण्टापछि कोशी गाउँपालीकाकाे दमकल, स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।