धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् भङ्गका विरुद्ध परेका एक दर्जनभन्दा बढी निवेदनको सुनुवाईका लागि सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ ।
संवैधानिक इजलासका लागि प्रधानन्यायाधीश जबराले न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई छानिएका छन् ।
संवैधानिक इजलासमा वरीयताक्रमअनुसार न्यायाधीश राखिएको छैन । आज शुक्रबारदेखि उक्त इजलासले निवेदनहरूको सुनुवाइ थाल्नेछ ।
यही इजलासले ओलीले गरेको संसद् भङ्गको सिफारिस र राष्ट्रपति विद्या भण्डारीको अनुमोदन संविधानसम्मत थियो कि थिएन भन्ने निर्णय पनि सुनाउन सक्नेछ ।