ब्लाष्टखबर । भोजपुरमा वोलेरो गाडीले किच्दा एक जनाकाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर नगरपालिका-५ बस्ने ३८ बर्षीय प्रेम कुमार तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
कार्यालयका अनुसार शुक्रबार बिहान आफ्नै घर छेउमा पार्किङ गरि राखेको मे १ ज २९८८ नम्बरको वोलेरो गाडी स्टार्ट गर्ने क्रममा स्टार्ट नभए पछि गाडीको अगाडी गई चेँक गर्ने क्रममा एक्कासी गाडी गुड्न गई तामाङलाई किच्दा उनको घटनास्थलमानै मृत्यु भएको हाे ।