ब्लाष्टखबर । इटहरीबाट अवैध रूपमा भातरबाट चाेरी पैठारी गरी ल्याएकाे ६३ बाेरा तयारी सुर्ती तथा सुर्तीजन्य कच्चपदार्थ प्रहरीले नियन्त्रणमा लिएकाे छ । 
 
विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएकाे प्रहरी टोलीले आज गयराती १ बजे ईटहरी उपमहानगरपालिका-५ कलङकी क्षेत्रबाट ३३ बोरा सुर्तीजन्य पदार्थ र ३६ बोरा सैनिक लेखिएको तयारी खैनी फेला पारी बरामद गरेकाे उक्त कार्यालयले जनाएकाे छ । 
 
कार्यालयका अनुसार  को १ ख ६८९० नम्बरको मिनी ट्रक नियन्त्रणमा  लिई चेकजाँच गर्दा ट्रक भित्र लुकाई छिपाई राखिएको अवस्थामा बजार मुल्य ५ लाख १६ हजार रुपैयाँ बराबरकाे उक्त सुर्तिजन्य पदार्थ बरामद गरेकाे हाे ।
 
प्रहरीले सुर्तीजन्य पदार्थ सहित धनि कोशी गाउँपालिका-५ का ३६ बर्षीय कैसर आलम, ट्रक चालक मोरङ सुन्दर हरैचाका २३ बर्षीय सैयद आलम,  ओसारपसारमा संलग्न कोशी गाउँपालिका-५ का ३३ बर्षीय महबुव आलम र ३४ बर्षीय सम्पतलाल कामतलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।
 
बरामद गरिएको सुर्तीजन्य पदार्थसहित ट्रक र पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीकालागी श्री सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको छउक्त कार्यालयले जनाएकाे छ ।