वराहक्षेत्र । व्यवस्थित शहरी यातायात सुविधा भएको, पूर्वाञ्चलको ग्रामिण क्षेत्रमा पहिलो दावी गरिएको बराहक्षेत्रको नडाहामा आधुनिक चौक निर्माण हुने भएको छ । नगरपालिकाको वार्ड नं. ३ स्थित इटहरी चतरा र चक्रघट्टी धरान जोडने नडाहा चौकको विस्तृत निर्माण योजना डिपीआर तयार गरिएको छ ।
आइतबार वार्डको कार्यलयमा भएको कार्यक्रममा काठमान्डौको इमपेक्ट इन्जिनीयरीङ्ग कन्सलटेन्सीले वार्ड अध्यक्ष रुद्र बहादुर दाहाललाई चौकको डीपीर बुझाएको छ । चौकको ३० फीट चौडाईको सडकमा अढाई फीट चौडा पैदल यात्रीको अलग्लै लेन हुने छ । चौकको केन्द्रमा बराह र सडकको किनारमा बुद्ध भगवान को मुर्ति रहने छ ।
यसैगरी चौकको सुन्दरता बढाउन पानी फोहोरा र बिचमा फुलका बिरुवा लगाईने, इमपेक्ट इन्जिनीयरीङ्ग कन्सलटेन्सीका इन्जिीनयर मनोज यादवले बताए ।

दैनिक रुपमा कम्तीमा ५ सय र बढिमा ३ हजार साधन गुड्ने सडकमा रोटरी इन्टरसेक्सन (चौवाटो ) बनावट योजना अनुसार बन्ने गरेको भन्दै अर्का इन्जिनियर मनिस यादवले बताए । बनाउने भनिएको चौक लागत ३ करोड रुपैंया रहेको वार्ड अध्यक्ष रुद्र बहादुर दाहालले बताए ।
प्रदेशमा पहिलो जनताको योजना भएको हुनाले, यसको निर्माण यसै आर्थिक वर्षमा थालिने भन्दै चौक निर्माणको राष्टिय योजना,प्रदेश सरकार,प्रदेश योजना र भौतिक पुर्वाधार मन्त्रालयमा पहल गरिने वार्ड अध्यक्ष दाहालले बताए ।
नगरपालिकाको गौरवको योजना भएको हुनाले,चौक निर्माणको लागि आवश्यक जग्गा उपलब्ध गराइएको भन्दै यसको लागि छिट्टै बजेट विनियोजन गरिने उनले बताए ।
यस अघि स्थानिय नडाहा चौक बासी को जनश्रमदान र सहयोगमा करिव ३० लाख रुपैंयाको लागतमा ३ कोठाको एक तल्लाको भवन निर्माण सम्पन्न भएर कार्यलय सञ्चालन भएको भन्दै, दाहालले, चौक निर्माणमा पुनः सहयोग गर्न आग्रह गरे ।