ब्लामष्टखबर । मोरङको पथरीशनिश्चरे नगरपालिका-२ हरियाली सामुदायिक वन क्षेत्रको राजमार्गमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले बिपरित दिशा तर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार रहेका मिक्लाजुङ गाउँपालिका-४ का ३५ बर्षीय संन्तोष लिम्बु र २६ बर्षीय सुनिल धमालाको मृत्यु भएको हो ।
स्कारपियोको ठक्करबाट घाईते भएका लिम्बुलाई उपचारको लागी मंगलवारे अस्पताल पठाईएकोमा बाटैमा मृत्यु भएको तथा धमालालाई बिराटनगरको न्युरो अस्पताल पठाईएकोमा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोटरसाईकललाई ठक्कर दिने स्कारपियो र चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको तथा मोटरसाईकल तेल लिक भई आगलागी हुँदा जलेर पुर्ण रुपमा क्षति भएको उक्त कार्यालयले जनाएको छ ।