ब्लाष्टखबर । निजि लगानिमा धरानमा अर्काे सुविधा सम्मपन्न कृषि उपज बजार संञ्चालनमा आएकाे छ । धरान उपमहानगरपालिका  ७ काे वडा कार्यालय नजिकै  ६ कठ्ठन जग्गामा यही पुस १ गतेदेखि खरिद बिक्रि शुरु गर्दै शुभम कृषी उपज बजार सञ्चालनमा  संञ्चालनमा आएकाे हाे । 

करिब १ कराेड १० लाखकाे लागतमा सुविधा सम्मपन्न ५९ वटा सटर र ओपनसेट सहितकाे खुत्रा तथा होलसेल विक्रेताका साथै साना व्यापारी र  कृषकले पनि  साेझै उपभाेक्तालाइ बिक्री गर्न मेल्ने गरी उक्त बजार संञ्चालन गरिएकाे धरान–१३ स्थित धरान कृषी उपज बजारका पूर्व अध्यक्षसमेत रहेका व्यवसायी काजी गिरीले जनाएका छन् ।

व्यवसायी  गिरी लगायत उनका केहि साथीहरू मिलेर खालि रहेकाे उक्त जग्गा भाडामा लिइ बजार संञ्चालन गरेका हुन् ।

तरकारी, फलफुल, खाद्यन्न, कस्मेटिक सामान, माछामासुलगायतका सबै प्रकारका व्यवसायी बजारभित्र प्रवेश दिइएकाे शुभम कृषी उपज बजार धरानका लगभग सबै वडाका स्थानीयवासीको सहजताका लागि सञ्चालनमा ल्याइएको सञ्चालक गिरीले जानकारी दिएका छन् । 

 ‘कुनै एउटा क्रेता आउदा उसलाई घरमा आवश्यक पर्ने सामान खोज्न अन्त जान नपर्ने गरि सेवा सुविधा प्रदान गरिएको छ ।’–गिरीले भने ‘यस्तो बजार स्थानीय सरकारका सहकार्यमा प्रत्येक वडामा आवश्यक छ ।’

बजारमा कृषीहरुले इनरुवा, कटारी, दुहवी, खनार, पहाडी जिल्लाका उत्पादनहरु ल्याएर बिक्रि गर्ने छन् । धरानको ४,५,६, १७ र २० नम्बर वडा कृषी पकेट क्षेत्र उपमहानगरपालिकाले घोषणा गरेको छ । त्यहाँका उत्पादन पनि यस बजारमा बिक्रि वितरण हुने सञ्चालक गिरीले जानकारी दिए ।

धरानमा पूर्वका जिल्लाबाट आयत हुने कृषी उपज बजार र स्थानीयका लागि सेवा दिने उपमहानगरले दुई वटा पालिका बजार सञ्चालन गर्दैं आएको छ ।

तर ती बजार धरानको मुटु भानुचोक आसपास मात्र हुँदा अन्य वडाका स्थानीयवासीहरुले समस्या भोग्दैं आएका छन् । निकै सस्तो मुल्यमा किनबेच हुने शुभव कृषी उपज बजारले सेवाग्राहीलाई सौलियत हुने गिरीकाे भनाइ छ  ।