ब्लाष्टखबर । विराटनगरमा भारतीय लहरीकाे ठक्करबाट पैदल यात्रीकाे मृत्यु भएकाे छ ।

विराटनगर महानगरपालिका २ पिपल चाेकमा आज बिहान ८ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको एनएल ०१ एल ५७८४ नम्बरको भारतीय लहरीले जेब्राक्रसिङमा बाटो काट्दै गरेका पैदल यात्री बिराटनगर ४ का ७५ बर्षीय राम प्रसाद पोखरेललाई ठक्कर दिंदा एकाे थियाे ।

ठक्करबाट घाईते भएका पोखरेलको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने लहरी र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।