ब्लाष्टखबर । कारको ठक्करबाट बाराको जितपुर सिमरा  पाटे बाघको मृत्यु भएको छ ।

हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले  जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा रहेकाे महेन्द्र राजमार्गमा बाटो क्रस गर्दै गरेको बाघलाई ठक्कर दिँदा आज बिहान  पाटे बाघको मृत्यु बारा प्रहरीले जनाएको छ ।

कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।

पाटेबाघ नेपालको संरक्षित वन्यजन्तुमध्ये एक हो ।