धरान । धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसको सटरमा आगलागी हुँदा करिब ८ लाखको क्षति भएको छ ।
क्याम्पसले भाडामा लगाएको सटरमा सञ्चालित ‘एक्वा सोलुसन इन्टरप्राइजेज’ नामको पसलमा आगलागी भएको हो । आगलागीबाट कोठामा रहेका काठका फर्निचर, पानी छान्ने मेसिन जलेर क्षति भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
आगलागी भएपछि पुगेको प्रहरी टोलि र धरान उपमहानगरपालिकाको दमकलले आगो निभाएका थिए ।