ब्लाष्टखबर । सप्तकोशी नदिले बगाउँदा मृत्यु भएकी महिलाको पहिचान खुलेको छ । मृतक महिला सुनसरीको रामधुनी नगरपालिका ५ बयरबनकी ६९ वर्षीया गंगादेवी खत्री रहेको इलाका प्रहरी कार्यालय महेन्द्र नगरले जनाएको छ ।
शनिबार बिहान करिव ११ बजे सप्तकोशीको त्रिवेणी क्षेत्रबाट महिला बग्दै आएको देखेपछि प्रहरी र त्यहाँ रहेका केही मानिसहरुले उद्दार गरेका थिए ।
गम्भिर अवस्थामा नदिबाट बाहिर निकालिएकी उनलाई प्राथमिक उपचारपछि थप उपचारकालागी धरान स्थित वीपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान ल्याईएको थियो । प्रतिष्ठानका डाक्टरहरुले परिक्षणपछि मृत घोषण गरेका थिए ।
तत्काल पहिचान नखुलेको मृतकको आइतबार (आज) आफन्तले सनाखत गरी शव बुझेको उक्त कार्यालयले जनाएको छ । मृतकलाई पहिचान गर्ने छिमेकीका अनुसार मृतक वृद्धा शुक्रबार चतराधाम आश्रममा जाने भनेर हिडेकी थिइन् ।
आश्रमको उत्तर पश्चिम नदिको किनारमा अरुपनि कपडा फेलापरेकाले उनि नुहाउने क्रममा नदिमा ढुबेको हुनसक्ने प्रहरी कार्यालयले जनाएको छ ।