धरान । नेपाली काङ्ग्रेस निकटका पत्रकारहरुको संस्था प्रेस युनियन धरान नगर समितिको अध्यक्षमा मात्रिकाप्रसाद नेपाल चयन भएका छन् ।
सोमबार धरानको सेक्ष होटलमा भएको बैठकबाट कपुरीन्युज डटकमका अध्यक्ष तथा प्रबन्ध निर्देशक नेपाल अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि युनियन धरान शाखाको सचिव थिए ।
बैठकले उपाध्यक्षमा पारस राई, सचिवमा शान्ता निरौला दाहाल, सह–सचिवमा संगिता राई, कोषाध्यक्षमा बसन्त राई र सदस्यमा रोहित कुलुङ, सुविक्षा राई र संजिता धमलालाई चयन गरेको छ ।