ब्लाष्टखबर । झापामा सवारी दुर्घटनामा परी एककाे मृत्यु भएकाे छ ।

सोमबार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक झापा गाउँपालिका ३ का १९ बर्षीय सागर लिम्बुकाे घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

  मोटरसाईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।