ब्लाष्टखबर । विराटनगरकाे बरगाछी चाेक नजिकै बस दुर्घटना हुदा एक जना गम्भिर घाइते भइका छन् ।
विराटनगर बसपार्का पार्किङ्गमा राखेकाे को १ ख ५२४१ नम्बरको सेल्फी डिलक्स बस मादक पदार्थ सेवन गरी लापरबाहीपूर्ण तरिकाले लिएर जाने क्रममा विराटनगर महानगरपालिका–३ बरगाछीमा दुर्घटना भएको हो । अाफैले चलाएकाे बस दुर्घटना हुँदा सुनसरीको कोसी गाउँपालिका–७ भण्टाबारीका २४ वर्षीय रक्कु भनिने राकेश कार्की गम्भिर घाइते भएका छन् ।
घाइते कार्कीकाे विराट नर्सिङ होममा उपचार भई रहेको जिल्ला प्रहरी कायार्लय माेरङले जनाएकाे छ ।
दुर्घटनामा सोही स्थानमा रहेको बिजुलीको पोल भाँचिनुका साथै एस. बि.आई बैकको एटिएम सटर, सोही स्थानमा रहेको न्यू युनिक होटल साथै उक्त स्थानमा रहेको सिसिटिभिकाे केवल र पावर केवलमा पनि क्षती हुँदा मानगरपालीकाले जडानगरेकाे सिसिटिभी समेत अवरूद्ध भएकाे कायार्लयले जनाएकाे छ ।
कार्यालयका अनुसार ना ५ख ३५०३ नम्बरकाे गाडीकाे सहचालक रहेका कार्कीले साँझ पार्किङ गरेर बसपार्कमा राखेपछि चालक सिरहाको लहान–१५ का ३२ वर्षीय सूर्यनारायण चौधरी सुत्न गएका बेला बस आफूखुसी लिएर गएका थिए ।
दुर्घटनाकाे १ घण्टा अगाडी कार्कीले उक्त बसका सहचालक धनकुटाको सहिदभूमि गाउँपालिका–१ का १९ वर्षीय महेश दुलालसँग बसेर होटलमा मदिरा सेवन गरेका थिए । मदिराले लठ्ठ भएका कार्कीले बसपार्कबाट उत्तर तर्फलाग्दै गर्दा करिब १ किलाेमिटर उत्तरमा उक्त दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा बस भित्रै सुतिरहेकाे दुलाल भने सकुसल रहेका छन् ।