ब्लाष्टखबर । पक्राउ  पुर्जी जारी भएका धरान ९ का वडा अध्यक्ष रत्न कटुवाल उपचारकालागी काठमाडाैं गएकाे वडा सदस्य मनाेज कुमार राउतले बताएका छन् । 

बुधबार झुटो विवरण पेश गरी नागरिकता निकाल्न सिफारिस गरेका आरोपमा जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भएका कटुवाल ४ दिन अघि नियमीत स्वास्थ परिक्षणकालगी  उपचारकालागी काठमाडाैं गएकाे  वडा सदस्य राउतले बताएका हुन् । 

'४/५ दिनका लागी भनेर जानु भएकाे हाे  ' राउतले भने ' मलाई कार्यवाहक दिएर अध्यक्ष ज्यु  बिदा लिएरै  नियमित स्वास्थ परिक्षणका लागी भनेर काठमाडाैं जानु भएकाे हाे । '  

२ वर्ष अघि स्याङजाकी एक महिलाले झुटो विवरण पेश गरी नागरिकता धरान ९ बाट नागरिकता दिएकाे खुलेपछि नागरिकता निकाल्न विवरणमा सिफारिस गरेकाे वडा अध्यक्ष कटुवाल साेधपुछका लागि सम्पर्क गर्दा सम्पर्कमा आएपछि वडा कार्यलयमा जादा समेत बिदा लिएकाे भन्ने जानकारी पाएकाे  इलाका प्रहरी कार्यालयले जनाएकाे छ । 

तर, मोबाईल समेत स्विचअफ रहेकाे हुनाले कटुवाल फरार भएकाे हुनसक्ने अनुमान गरिएकाे छ । 

वडा सदस्य राउतले पछिल्लाे समय आफुहरूसंग पनि सम्पर्क नभएकाे भएपनि अरूबेलापनि स्वास्थ परिक्षण काठमाडाैं मै  गएर गारउने गरेकाे र  स्वास्थ परिक्षणकाे लागि काठमाडाैं जाने भनेरै आफुलाई कार्यवाहकाे जिम्मेवारी दिएर बिदा लिएकाे जिकिर गरेका छन् । 

 वडा सदस्य राउतले काठमाडाैंमा कुन अस्पतालमा स्वास्थ्य परिक्षण गराउने गरेका छन् भन्ने थाहा नभएकाे बताएका छन् ।