धरान । झापाको शिवसताक्षी नगरपालिका–११ शिव चोकमा ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

आज बिहिबार विहान मे.१ ख. ३३९२ नम्बरको ट्रकले ठक्कर दिँदा साईकलयात्री शिवचोक बस्ने धनबहादुर राईका छोरा १३ वर्षीय भिमबहादुर राईको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाईते भएका उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।