विराटनगर ।  विराटनगरस्थित बसपार्कमा रहेको यात्रुबहाक बस भित्र मृत अवस्थामा एक जना युवाको शव भेटिएको छ ।

झापाको कमल गाउँपालिका ४ केर्खाका २५ वर्षिय राजकुमार थापाको मृत अवस्थामा आइतबार बिहान शव भेटिएको हो  ।

मृतक युवा झापाको केर्खादेखि  मे १ ख ३३३३ नम्बरको जनसेवा यातायत बसमा चढेका थिए । विराटनगर बसर्पाकमा बसका सहचालकले उठाउदा थापा मृत अवस्थामा रहेको मोरङ प्रहरीले जनाएको छ ।

मृतक युवाको शव पोस्माटम गरि विराटनगरस्थित कोशी अस्पताल लगिएको छ ।