विराटनगर । भारतबाट तस्करी गरी ल्याइएको ३ सय केजी घुँगी बरामद भएको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बखरी विराटनगरका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार पन्तको नेतृत्वमा खटिएको टोलिले विराटनगर – १६ दरैयास्थित नेपाल भारतको सीमा नाकाबाट तस्करीको घुँगी बरामद गरेको हो ।
भारतदेखि दशगजा हुँदै नेपाल प्रवेश गराउन खोज्दा प्रहरीले घुँगी बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक पन्तले जानकारी दिए । प्रहरीले ५० केजीको दरले ६ बोरा घुँगी बरामद गरेको छ । बरामद गरेको घुँगी स्थानिय, जनप्रतिनिधी, क्वारेन्टिन कार्यालयका प्रतिनिधीहरुको रोहबरमा खाल्टो खनेर नष्ट गरिएको छ ।
बरामद भएको घुँगी भारतको बतनाहबाट ल्याएको बुझिएको छ । अवैध रूपमा ल्याएको घुँगी विराटनगरका मनोज सहनी, सुलिन्दर सहनी र गीता सहनीको रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
उनीहरूले ल्याएको घुँगी विराटनगर, सुनसरीको दुहबी र पूर्वी नेपालका विभिन्न सहरमा लाग्ने बजारमा पुग्ने गरेको छ ।