उर्लाबरी । उर्लाबारी जेसीजको २३ औ“ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम शनिबार संम्पन्न भएको छ ।
नगरको वडा नं.–८ स्थित दुर्गापुरीमा रहेको एभरेष्ट फन पार्क परिसर भएको उक्त कार्यक्रममा जेसीज परम्परा अनुसार बर्ष २०२० का अध्यक्ष यादब भण्डारीले बर्ष २०२१ का अध्यक्ष अशोक धिमाल सहितको कार्य समितिलाई पदस्थापन गराईएको थियो ।
बर्ष २०२०/०२१ का अध्यक्षद्धय भण्डारी र धिमालको संयुक्त अध्यक्षता तथा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको प्रमुुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बर्ष २०२० का अध्यक्ष भण्डारीले आफनो कार्यकालमा सहयोग पुर्याउने कार्य समिति, शुभेच्छुकहरुलार्ई स्मृति उपहार एवं उर्लाबारी जेसीजका निर्वाचन अधिकृत बिनोद ओलीले निर्वाचित पदाधिकारीहरुलाई प्रमाण–पत्र प्रदान गरेका थिए ।
जेसीजका उपाध्यक्ष भूपाल काफलेको संयोजनमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख फागो सहित संस्थापक अध्यक्ष बिष्णु ओलीले नया“ समितिलाई रचानात्मक कार्यमा सकृय हुन शुुभकामना व्यक्त गरेका जेसीजले जनाएको छ ।