ब्लाष्टखबर । इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि ९ वटा घर निर्माण सम्पन्न गरेको छ । वडा नम्बर १६ टिहिटि टोलमा रहेका विपन्न मुसहरवस्तीमा सामुहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको हो ।
तराइ मधेस समृद्धि कार्यक्रम अन्तरगत ७७ लाख लगानीमा निर्माण सम्मपन्न पएकाे उक्त स्थानमा भित्रि बाेटोहरु,चिल्ड्रेन पार्क,सामुदायिक भवन र दिनाभद्रिको मठ समेत बनाइएको छ ।
वडा नम्बर १६ र १७ को सडक निर्माणका क्रममा विस्थापित हुने अतिविपन्न परिवारलाई ती घरमा राखिने उपप्रमुख लक्ष्मी गौतमलेबताएकी छिन् । उनका अनुसार सो ठाँउमा ५० घर रहेको नमूना बस्ति निर्माण गरिने योजना छ ।
उपमहानगरकमा प्रमुख द्धारिकलाल चौधरी इटहरी उपमहानगर विपन्न जनताको हीतमा गम्भिर रहेको बताए । जनताको आँगनमा खुशियाली र अनुहारमा मुस्कान ल्याउन उपमहानगरले कार्य गरिरहेको बताएका छन् ।