दमक । नेपालमा बिहिबार भारतीय अनुदान मार्फत १० लाख डोज खोप प्राप्त भयो । त्यसपछि लगत्तै नेपाल सरकारले सातै प्रदेशमा पनि पठाईसकेको छ । प्रदेशमा आइसकेपछि ती खोपहरु जिल्ला र पालिकामा पुग्ने छन् ।
त्यसपछि छनौट गरिएका समुहमा भ्याक्सिन लगाउने काम सुरु हुने छ । यसै क्रममा झापामा आउने खोप र पालिका स्तरमा वितरणमा गरिरहिएको तयारीका बारेमा कोभडि बुटिको नवौ शृङ्खला तयार पारिएको छ ।
झापामा पहिलो चरणमा २७ हजार ६ सय २७ जनामा खोप लगाईदैछ । त्यसका लागि ६५ हजार १ सय ९९ डोज खोप झापा आउँदै छ ।
यसका लागि जिल्लामा रहेका सबै पालिकाहरुसँग पहिलो चरणमा लगाउने समुहको तथ्याकंक मागेर नेपाल सरकारकहाँ पठाईसकिएको र त्यहि अनुरुप खोप आएको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख इस्वरी पौडेलले जानकारी दिए ।
यसमा निजी तथा सरकारी सबै स्वास्थ्यकर्मीको तथ्याकं समावेश गरिएको उनले बताएका छन् । पहिलो चारणमा अग्रपंतीमा काम गर्ने स्वास्थ्कर्मीलाई मात्र खोप दिइने सरकारी प्रोेटोकल रहेकोले स्वास्थ्य स्वेमसेसवकाहरुले पनि पाउने छैनन् ।
२–२ डोज गरेर हरेक ४ हप्ताको फरकमा यो खोप लगाउन पर्छ । यसका लागि जिल्लामा ४ वटा सव सेन्टरहरु समेत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बिर्तामोड, धुलाबारी, अर्जुनधारा र सुरुङ्गा सव सेन्टर भएपनि अहिले हरेक पालिकाको स्वास्थ्य शाखाले निर्धारण गरेको उप सव सेन्टरबाट समेत यो खोप लगाउन सकिने छ । खोप लगाउँदा न डराउन यसले अन्य केहि असर पो गर्छ कि भन्नेबारेमा नसोच्न समेत उहनले अनुरोध गर्नु भएको छ ।
भारतमा देखिएका केहि कैफियत कोभिसिल्ड भ्याक्सिनका कारण नभएर अन्य रोग तथा विरामले गर्दा भएकोले पहिलो चरणमा लगाउन पाउनेले नाम सुचिकृत गरि खोप लगाउने अवसरबाट पछि नहटन स्वास्थ्य कार्यालय झापाका प्रमुख इस्वरी पौडेलले अनुरोध गरेका छन् ।
दमकमा १० हजार डोज आवश्यक तर १ सय २० डोजको मात्र माग
कोरोना खोप एक जनालाई दुई डोज लगाउनु पर्ने हुन्छ । यसका साथै खोप लगाउने क्रममा १० प्रतिशत खोप खेर जानसक्ने हुन्छ ।२ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्नका लागि जिल्ला सहित सबै पालिकाहरुले आ –आफ्नो तयारी पुरा गरिसकेका छन् ।
दमकमा पनि दमक अस्पतालमा भ्याक्सिनको भण्डारण गरिने र अन्य प्रविधिको पनि व्यवस्था भएकोले दमकमा आवश्यक मात्राको भ्याक्सिन भण्डारण गर्न कुनै समस्या नहुने दमक नगरपालिकाकी उप प्रमुख गीत अधिकारीले बताईन ।
उनका अनुसार दमकमा तत्कालै ५० हजार डोज खोप आवश्यक रहेको र त्यो सम्भव नभएपनि १० हजार डोज खोप चाहि अति आवश्यक रहेको बताईन । तर स्वास्थ्य कार्यालयले अहिले अग्रपंत्तीमा खटिएका स्वास्थ्यकर्मीको सुचि माग गर्दा भने नगरपाकिलाको स्वास्थ्य शाखाले १ सय २० जनाको मात्र सुचि पठाएको छ ।
यसमा सरकारी स्वास्थ्यकर्मी मात्र समावेश गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत बद्री बरालले जानकारी दिए । निजीलाई जिल्ला स्वास्थ्य कार्यालय आफैले साझै पठाइदिने र आफुहरुलाई तथ्यांक माग्दा पनि सरकारीको मात्र तथ्याकं माग गरेकोले सो संख्याको मात्र तथ्याकंक पठाइएको उनले प्रष्ट्याए ।
नेपाल सरकारले कूल जनसख्ंयाको ७२ प्रतिशतलाई खोप लगाउने योजना बनाएको छ । जसको पहिलो चरणमा ३ प्रतिशत जनसंख्या अर्थात ९ लाख ११ हजार ३४२ जनालाई खोप लगाइने बताइएको छ । तर, पहिलो चरणमा अनुदान स्वरुप आएको १० लाख डोज भ्याक्सिनले करिब ५ लाख जनसंख्यालाई पुग्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
त्यसबाहेक नेपाललाई कोभिड भ्याक्सिनको सहजीकरण र समान वितरणका लागि बनेको अलायन्स कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशत खोप निःशुल्क उपलब्ध हुनेछ । कोभ्याक्सले आगामी मार्च अप्रिलसम्ममा नेपाललाई खोप उपलब्ध गराउने पत्र पठाइसकेको छ । बाँकी आवश्यक खोप भने खरीद गर्नुपर्नेछ ।