सिरहा । विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण सिरहालगायत प्रदेश नं.२ का जिल्लाहरुमा जनजीवन प्रभावित भएको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो ।
माघको मध्य समयमा आएर एक्कासी चिसो बढ्दा विशेष गरेर बृद्धबृद्धा र बालबालिकाहरू बढी प्रभावित भएका छन् । निरन्तरको चिसो,कठ्याङ्ग्रिँदो हावा,शीतलहर,हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस,चौपाया पशु,पक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ ।
चिसोकै कारण अहिले सिरहाको जिल्लाको सदरमुकाम मिर्चैयासहित जिल्लाको शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोका कारण यातयातका साधन चढ्न छोडेका छन् ।
चिसो छल्न तराइका आसपासका बासिन्दाहरु ग्रामीण क्षेत्रमा घर अगाडि र चोकचोकमा आगो बालेर बसेको दृष्यहरु सहजै हेर्न सकिन्छ । यसवर्षकै सबैभन्दा चिसोको महसुश भएको सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. ६ का बासि अजय यालबले बताएका छन ।
त्यसै गरि सिरहा जिल्लाको चोहेर्वा,गोलबजार,लहान,सुख्खिपुुर,बरियारपट्टी,विष्णुपुर, कल्यणपुर,मिर्चैँयासहित विभिन्न ठाउँँमा अचानकबढेको चिसोले ,जनजीवन प्रभावित भएको हो ।