बेलबारी / तराईमा केही दिन यता बढेको अत्याधिक चिसो र शितलहका कारण कठ्याङग्रिएर मोरङको उर्लाबारीमा एक जनाको मृत्यु भएको छ ।

उर्लावारी नगरपालिका वडा नम्वर ३ नयाँ बजारमा मंगलवार विहान उनी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

स्थायी ठेगाना सुनसरी बराहक्षेत्र नगरपालिका राजावास ८ भएका नेप्टे शेर्पा भन्ने अन्दाजी ५५ वर्षका एक व्याक्तिको चिसोका कारण कठ्याङग्रीएर मृत्यु भएको प्रहरी निरिक्षक उद्धव पोख्रेलले बताए । 

पोख्रेलका अनुसार हाल मृतको परिवार सम्पर्कमा आएको र शव पोष्टमार्टमका लागि मंगलवारे अस्पतालमा राखिएको बताए । 

मृतक लामो सयम देखी सो क्षेत्रका सार्वजनिक पार्टीपौवालाई आफ्नो वासस्थान बनाउदै आएका थिए ।

चिसोका कारण यतिवेला तराईको जनजिवन कष्टकर बन्दै गएको छ । आर्थिक अवस्था कमजोर भएका सुकुम्बासी बस्ती र सिमान्तकृत वर्गलाई हरेक वर्षको चिसोले ज्यान लिदै आएको छ ।

चिसो बढ्ने क्रम दिन प्रतिदिन उच्च रहेका कारण समयमा नै स्थानिय सरकारले उनिहरुको उद्धारमा तदारुता नदेखाए मानविय क्षति अझै बढ्ने निश्चित छ ।