विजयपुर । दलित महिला सञ्जाल धरानको तेस्रो नगर भेला सम्पन्न भएको छ ।

मंगलबार धरानमा सम्पन्न भेलाले सकुन्तला भुसालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पवित्रा सिवा, सचिवमा देविमाया विश्वकर्मा, सह–सचिवमा गौरी बर्देवा, कोषाध्यक्षमा सुनिता सिन्च्युरी, सह–कोषाध्यक्ष रीता सुन्दास र प्रवक्तामा कञ्चन पाँचकोटी रहेका छन् ।