उर्लाबारी । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले दोस्रो सहलगानी आयोजना अन्र्तगतको ओभर हेड् टयाङकी निर्माण सँगै पाईप लाईन बिस्तारको कार्यलाई प्राथमिकताका साथ गर्दै आएको छ ।
नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ता समितिको ३० प्रतिशत गरी २५ करोडको लागतमा २०७९ पौष ५ गते सम्ममा निर्माण संम्पन्न गर्नुपर्ने संम्झौता अनुसार नगरको वडा नं.–१ , ८ र ९ मा पाईप लाईन विस्तारको कार्य भईरहेको सो संस्थाका सचिब चिन्तामणी पौडेलले बताएका छन् ।
नगरको वडा नं. –१ मा करिव ४० किमी पाईप लाईन बिस्तारको कार्य संम्पन्न भईसकेको र ८ मा द्रुत गतिमा पाईप बिस्तारको कार्य भईरहेको सचिव पौडेले बताउँदै दुबै वडामा निर्माण हुने ओभर हेड् ट्याङकी निर्माण कार्य समेत शुरु भईसकेको बताएका छन ।
यस अघि संस्थाले दुई वटा ओभरहेड् ट्याङकीबाट ९ लाख लिटर पानी नगरका ४,५,६ र ७ नं. वडाका बासीन्दालाई विक्री वितरण गर्दैै आएको बताउँदै सो संस्थाका कार्यालय प्रमुख राजु बुढाथोकीले थप हुने दुई ओभर ट्याङकीको ६ लाख ७५ हजार लिटर गरी १५ लाख ७५ हजार लिटर पानी दैनिक नगरबासीका लागि विक्री वितरण हुने बताएका छन ।
साथै कार्यालय प्रमुख बुढाथोकीले नयाँ आयोजनामा समेत कम्पाउण्ड वाल, बोरिङ, ट्याङकी निर्माण समेत गरी ४० प्रतिशत भन्दा बढी कार्य गरीरहेको बताएका छन । उक्त कार्य गर्ने ठेक्का अशोक स्वामीनारायण जेभीले प्राप्त गरेको हो ।
नगरको अधिकांश क्षेत्रमा शुद्ध खानेपानीको पहुच“ पु¥याउने उदेश्यका साथ कार्य भईरहेको बताउँदै संस्थाका अध्यक्ष भूपाल जिमीले निर्माण संम्पन्न भए पश्चात नगरका करिब ७० प्रतिशत नागरिकमा शुद्ध खानेपानीको सेवा पुग्ने दावी गरेका छन ।