धरान । झापा शिवसताक्षी–३ का ३० बर्षीय राजकुमार खेमदेन लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।
आज दिउँसो सवा ३ बजे शिवसताक्षी–१ स्थित लामाबस्ती भित्री सडकखण्डमा मे १ ज १५२८ नम्बरको पिकअफ भ्यानले मे ६ प ५०६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक लिम्बुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्कर दिने पिकअफ नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।