धरान/ कोरोना महामारीका कारण ढिला गरी सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा छोटो अवधिमै सार्वजनिक गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार परीक्षाको नतिजा सार्वजनिक गरेको हो । गतवर्षभन्दा उत्तीर्ण सङ्ख्या यस वर्ष केही सुधार भएको जनाइएको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले विभिन्न बाधा व्यवधानका बावजुद पनि परीक्षाफल प्रकाशित गरिएको बताए । उनका अनुसार परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा परीक्षाफल हेर्न सकिन्छ ।
यस वर्ष कोरोना महामारीका कारण ४० प्रतिशत अङ्कको परीक्षा लिइएको थियो । ४० प्रतिशत कक्षा ११ र २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा अङ्क दिइएको थियो ।परीक्षा वैशाखमा तय गरिएको भए पनि कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।
उक्त परीक्षा मङ्सिर ९ गते लिइएको थियो । यस वर्ष चार लाख ३२ हजार परीक्षार्थी परीक्षामा सामेल थिए ।