बिर्तामोड । झापाको बिर्तामोडमा मंगलबार अपराह्न भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ का सागर मिश्र रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १५२० नम्बरको बसको ठक्करबाट मिश्रको घटनास्थलमै मृत्यु भएको हो । सडकमा पैदल हिडिरहेका मिश्र एक्कासी गुडिरहेको बसमा पसेको प्रहरीले जनाएको छ । बसका चालक र बसलाई नियन्त्रणमा लिई ईप्रका अनारमनी लगिएको छ ।