यासोक । पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिकाको संगम स्थालको तमोर नदिको लुमुघाटमा तमोर जलाशययुक्त जलविद्युत आयोजनाको काम सुरु हुन लागेको छ ।
सरकारको गौरवको आयोजनाको रुपमा लिएको योजनाको काम समयमै अघि बढाउँन र प्रभावित क्षेत्रका नागरिकको हक र अधिकार सुनिस्चित गर्न भन्दै कुम्मायक गाउँपालिकामा सरोकार समिति गठन गरिएको छ ।
गठित समितिको पहिलो बैठकले चार वटा निणर्य सार्वजनिक गरेको छ । गाउँपालिका ५ बाट निर्माण हुने योजनाबाट स्थानीय र जिल्लाबासीले ५ हजार कित्ता पर्ने गरी संस्थापक तथा साधारण सेयर लगानी मिलाउँन हाइड्रो इन्जिनेरिङ बिकाश कम्पनीसंग आग्रह गर्ने, त्यस्तै सुख्खाक्षेत्र कुम्मायक गाउँपालिका तथा प्रभावित क्षेत्रमा डिपिआर तयार गर्दा कृषि सिंचाही समेत संचालन गर्ने गरी अध्यायनमा समावेस गर्ने गरी पहल गर्ने निणर्य गरेको छ ।
त्यसैगरी, तमोर जलाशययुक्त जलविद्युत आयोजना अध्यायन तथा निर्माणको लागि बनाइने आधिकारीक संस्थामा स्थानीय सरोकारवाला संस्थाको हैसियतले आयोजनामा संस्थागत प्रतिनिधित्व गराउन अनुरोध गर्ने र हालसम्म पाचथर र तेह्रथुमको क्षेत्रमा सरकारी क्षेत्रबाट भएका अध्यायन र प्रतिवेदनको सुचना प्रकाशित र अप्रकाशित सुचना माग गर्ने बिषयमा समेत निणर्य गरिएको समितिका अध्यक्ष नरबहादुर खड्काले बताए ।