उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको ३२ औं बार्षीक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

सो संघका अध्यक्ष प्रितम खड्गीको अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघ जिल्ला नगरका अध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त सभाले अध्यक्ष खड्गीद्धारा प्रस्तुत प्रगति एवं भावी कार्य योजना, उद्योग उपाध्यक्ष यामलाल रसाईलीद्धारा प्रस्तुत आर्थीक प्रतिवेदन र लेखा समितिका संयोजक केदार रिजालद्धारा प्रस्तुत लेखा प्रतिवेदन सुझाव सहित पारीत भएको संघका बाणिज्य उपाध्यक्ष शेरबहादुर भण्डारीले बताएका छन ।

संघका बरिष्ठ उपाध्यक्ष बिनोद न्यौपानेको संयोजनमा भएको उक्त सभामा संचार, कृषी, बैकिङ, तथा हस्तकलाका क्षेत्रमा सेवा पु¥याउने  संचार क्बलका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा, मेलीफेरा मौरी कृषी फर्मका संचालिका पद्मा काफले थापा, कुषी बिकास बैक उर्लाबारी शाखा र शर्मा फर्निचर उद्योग उर्लाबारीका संचालक दिनेश शर्मालाई संम्मान–पत्र सहित दोसल्ला ओडाएर सम्मान गरीएको थियो ।