सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-१७ पकली चोकमा बुधवार दिउँसो ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ । 

पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाईकललाई  बिपरीत दिशाबाट जाँदै को १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बेलका नगरपालिका-९ उदयपुरका ५४ बर्षीय राजेन्द्र शाहको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको  छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।