ब्लाष्टखबर। धरान ४  आँपगाछीमा  ट्रक पल्टिदा सहचालकाे मृत्यु भएकाे छ ।

शुक्रबार बिहान आँपगाछी स्थित काेशी राजमार्गमा भाेजपुरबाट विराटनगर तर्फ जाँदै गरेकाे  ना ३  ना ६ ख ६४४१ नम्बरको ट्रक पल्टिएर भिरबाट खस्दा सहचालक ३० बर्षीय विशाल खड्काकाे ट्रकले च्यापिएर मृत्यु भएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताएका छन् ।

उनका अनुसार पुरानो ब्याट्री लिएर फर्कदै गरेकाे अवस्थामा ब्रेक फेल भएर ट्रक भिरमा खसेकाे हाे  । मृतक खड्काकाे शव धरान स्थित विपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा ल्याइएकाे बताउँदै  डिएसपी बस्नेतले  ट्रक चालक मोरंगको सुन्दरहरैचा ११ का २४ बर्षीय सनिल कुमार भगत प्रहरी नियन्त्रणमा रहेको जानकारी दिएका छन् ।