ब्लाष्टखबर । राेकिरहेकाे ट्रकमा  माइक्रो बस ठोक्किँदा २ जनाको मृत्यु हुनुकाे साथै ५ जना घाइते भएका छन् । 

नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४ नम्बरको माइक्रोबस पृथ्वीराजमार्गस्थित चरौंदी बजारमा रोकिराखेकाे ना ६ ख ४६० नम्बरको  ठाेक्किँदा माइक्रोबसमा  सवार देवचुली नगरपालिका–१६ निवासी ५० वर्षीया हिरामाया गुरुङ र नवलपरासी रजहरकी ६५ वर्षीया कृष्णकुमारी केसीको घटनास्थलमै मृत्यु भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताएका छन् ।

उनका अनुसार दुर्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ ।