धरान । पाँचथरबाट धरान आई बसोबास गरेका पाँचथरवासीको हकहितका लागि स्थापित पाँचथर धरान संगम समाजले शनिबार भानुचौकमा रक्तदान कार्यक्रम गरेको छ । 

रक्त अभावलाई मध्यनजर गर्दै आयोजित कार्यक्रममा २६ युनिट रगत संकलन भएको अध्यक्ष केशव श्रेष्ठले जानकारी दिए । समाजको यो दोस्रो रक्तदान कार्यक्रम हो । यसअघिको कार्यक्रममा २५ युनिट रगत संकलन भएको थियो । २०६३ सालमै स्थापित भए पनि संस्था दर्ता भने २०७१ सालमा मात्रै भएको थियो । 

कार्यक्रममा सहभागी रक्तदातालाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि धरान–२ का वडाध्यक्ष माधवगोविन्द श्रेष्ठले रक्तदातालाई प्रमाण पत्र प्रदान गरे । संस्थाले पाँचथरबाट आउने बिरामी तथा अन्यलाई पनि सहयोग गर्दै आएको छ । धरानमा झण्डै ३ सय घरजति पाँचथरेहरू छन् । संस्थामा हाल १ सय ३ जना आजीवन सदस्य रहेका छन् ।