ब्लाष्टखबर । मोरङको केरोबारी ३ स्थित शाही डाँडामा शाही हिल्स रिसोर्ट उद्घाटन भएको छ । रिसोर्टको उद्घाटन केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले गरेका थिए ।
आन्तरिक पर्यटन प्रवर्धनका साथै वनस्पती अध्यानकालागी स्थापित शाही हिल बोटानिकल रिसर्च सेन्टर भित्र रहेको उक्त रिसोर्ट श्वर्णिम कार्की र सञ्जय तामाङले सञ्चालनमा ल्याएका हुन् ।
सञ्चालक कार्की अनुसार रिसोर्टमा आन्तरिक पर्यटकहरूकालागी हाइजीन अर्गनिक खाना बस्नकालागी लक्जेरियस रूम , टेन्ट क्याम साथै बेबिक्यु समेत उपलब्ध रहेको छ ।
केराबारी चोकबाट करिव ४ किलोमिटर उत्तर रहेको शाही डाँडा मल्ल ठकुरीहरूको बसोबास भएका ऐतिहासिक क्षेत्र भएकोले उक्त ऐतिहासिकताको सम्रक्षण गर्दै रिसाेर्टको नाम शाही हिल्स राखेको संञ्चालक कार्कीले बताए ।
उनले भने 'तराइको समथर भु–भाग भन्दा उच्च स्थानमा रहेकोले यहाँको हावापानीमा छुट्टै विशेषता छ । यहाँबाट पूर्वको धेरै सहरहरू नाङ्गा आखाले देख्न सकिन्छ । त्यसकारण पनि पूर्वको झापा देखी सिराहासम्मका मानिसहरू यँहा आउने पिकनिक खाने गरेका छन् । '
अर्का सन्ञचालक तामङ भन्छन् ' परापूर्वकालमा कालो नाग र नागिनको बास स्थान रहेको किम्बदन्ती रहेको काली नागपोखरी पनि यहि नजिकमा रहेको छ । यहाँ धेरै प्रकृती प्रेमिहरू घुम्नकालागी आउनु हुन्छ वहाँहरूको लागी विषेशगरी रात बास बस्नको काली अतिनै राम्र ठाउँ काे रूपमा हामीले यस रिसाेर्टकाे विकास गरेका छाै ।'


