मधुमल्ला ।  मोरङको मिक्लाजुङ गाउँपालिकाको उपभोत्ता हित संरक्षण समिति र बजार अनुगमन टोलीले संयुत्त आइतबार मधुमल्लामा रहेका  केही पसलहरुको अनुगमन गरेको छ ।

 मिक्लाजुङ गाउँपालिका वडा नं. ७ र ९ मधुमल्ला बजारमा संचालित किराना पशल, हार्डवेर,मेडिकलहल गरि १० वटा पशलहरुको अनुगमन गरिएको मिक्लाजुङ गउँपालिका  बजार अनुगमन टोली संयोजक चिन्तामणी पोख्रेलले बताए । अनुगमनका क्रममा केही पशलहरुमा म्याद गुज्रीएका सामग्रीहरु भेटिएकाले तत्काल हटाउन निर्देशन दिएको पोख्रेलले बताउनु भयो । 

अनुगानको क्रममा पहिले पहिलेकोे अनुगमना जस्तो बग्रेल्ती सामानहरु म्याद गुज्रीएको नभेटिएको र एकाद भेटिएका सामनहरुमा भर्खरै मात्र म्याद कटेको भेटिनुले व्यापारी र उपभोत्ताहरु दुबै पक्ष सचेत भएको पाईको मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष ताथा उपभोत्ता हित संरक्षण समिति मिक्लाजुङकी संयोजक सरला राईले बताउनु भयो  । 

साथै कतिपय पसलहरुको व्यवसाय नविकरण, दर्तामा समस्या देखीएको र कतिपय  पशलहरुले लामो समय देखी स्थानीय वडा र गाउँपालिकामा नविकरण नगरेको पाइएकाले त्यस्ता पशलहरुलाई तत्काल नविकरण गरि व्यवसाय संंचालन गर्न सुझाब दिएकोे मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष ताथा उपभोत्ता हित संरक्षण समिति मिक्लाजुङकी संयोजक सरला राईले बताउनु भयो ।