धरान । धरान १३ का विपन्न परिवारलाई युथ फर गुड नेपालले शुक्रबार राहत प्रदान गरेको छ । 

कोरोना महामारीका कारण दैनिक जीविकोपार्जनमा समस्या भएपछि विपन्न परिवारलाई राहत दिइएको काठमाडौंका क्षेत्रीय प्रमुख सनम सुवेदीले जानकारी दिए । 

फेसबुक पेजमार्फत् राहत संकलन गरेर प्रतिपरिवार १० केजीका दरले चामललगायतका सामग्री दिइएको छ । पाँच दिनअघि पनि धरान ५ देवीगाउ, धरान १३ फुस्रे, धरान ११ शान्तिचोकका विपन्नलाई राहत दिइएको संस्थाले जनाएको छ ।