झापा / झापाको बिर्तामोडमा सोमबार बिहान एक युवती मृत भेटिएकी छन् ।

उनको शव अर्धनग्न अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ ।

पूर्व –पश्चिम राजमार्ग छेउमा रहेको सुगम पेट्रोल पम्म उत्तरपट्टि २५ वर्षीया युवती सृजना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेको बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए ।

आफन्तको घरमा भाडामा आमासहित बस्दै आएकी सृजना घरको आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएकी हुन् ।

उनी बिर्तामोडकै एक सहकारीमा काम गर्दै आएकी थिइन् ।

उनले भने, ‘घटनाको अनुसन्धान गरिरहेका छौँ । घटना शंकास्पद छ ।’