आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
अहिले देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिनभर मनसुनी वायुको प्रभाव रहने छ।
राति पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखा द्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित धेरै भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन पनि अनुरोध गरेको छ।