ईलाम/ इलामको माङसेबुङ गाँउपालिका ४ मार्चेबुङका वडा सदस्यको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । 

वडा सदस्य ३६ बर्षीय धन बहादुर राईको हिजो दिउँसो भएको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको हो ।

रतुवा पुल नजिक मोटरसाईकल आफै अनियन्त्रिय भई सेतेभिरबाट अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुदा वडा सदस्य गम्भीर घाईते भएका थिए ।

प्रहरीका अनुसार बुधबार ४ बजे कार्यालयबाट मे ८ प  ६०४ नम्बरको मोटरसाईकलमा घर फर्कने क्रममा दुर्घटना भएको थियो । 

टाउकोमा चोट लागेर गम्भीर भएका वडा सदस्य राईको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।