आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेश बमोजिम प्रतिनिधिसभा पुर्नस्थापना भएका कारण पुर्वमितिमा निर्वाचन नहुने भन्दै मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यलाई सुचारु गरेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको मिति २०७८/०३/२८ गतेको आदेश बमोजिम प्रतिनिधि सभा पुनस्र्थापना भएको कारण पूर्व घोषित मितिमा निर्वाचन नहुने भएकोले मिति २०७८/०४/०३ गतेदेखि निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सूचारू गर्ने गरी आयोगबाट मिति २०७८/०४/०१ मा निर्णय भएको छ ।’

यसअघि गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर पहिलो चरणमा कार्तिक २६ गते र दोस्रो चरणमा मंसीर ३ गते निर्वाचन मिति तोकेपछि आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक जेठ ९ गते स्थगित गरेको थियो ।

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुचारु भएको जनाएको छ ।

Press-Release-Nirwachan-aayog