आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । यस क्रममा सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ र १ का थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ ।

आज देखि ३ दिनसम्म देशभर व्यापक वर्षा हुने सम्भावना देखिएकाले विशेष सजगता अपनाउन मौसमविद्ले सबैलाई सुझाव दिएका छन् ।

यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ । यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ का थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद्का अनुसार शुक्रबार रातिदेखि नै वर्षाको मात्रा बढिसकेको छ, कतिपय स्थानमा धेरै ठूलो वर्षा वर्षासमेत भएको छ ।

गण्डकी प्रदेशका कास्की, स्याङ्जातिर राति अति भारी वर्षा भएको छ, ती क्षेत्रका नदीनालामा जलसतह पनि बढेको छ मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल (तराई) नजिकै आएर बसेको छ । जसका कारण २र३ दिन वर्षाको मात्रा बढ्ने देखिएको हो ।