श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल श्रावण ६ गते बुधबार, २१ जुलाई २०२१ । राक्षस संवत्सर असार शुक्लपक्षको  द्वादशी तिथि १६ः४१ बजेसम्म, उप्रान्त त्रयोदशी नक्षत्र जेष्ठा १८ः४२ बजेसम्म, उप्रान्त  मुल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः२१ र सूर्यास्त ६ः५९ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सहपाठिहरु पछि पर्नेछन् भने प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

वृष ९इ, उ, ए, ओ, बा, बि, बु, बे, बो०

विहानको समय सानोतिनो समस्यामा अलमलिनुपर्ला । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक यात्राको योग रहेको देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

वस्त्र आभुषणको व्यापार व्यवसायबाट प्रसस्त लाभ हुनेछ । मन प्रसन्न रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रमा रुचि बढ्नेछ । नसोचेको स्थानबाट लाभ हुनेछ । मन प्रसन्न रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रेम सम्बन्धमा सफलता मिल्नेछ । भ्रमण गर्ने योग बनेकोछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कृषि दुधको व्यापार व्यवासायबाट प्रसस्त लाभ होला । वैदेशिक यात्राको योग रहेकोछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा जमिनको कारोबारबाट प्रसस्त लाभ मिल्नेछ । परिवारको सहयोग प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अध्ययन अध्यापनमा रुचि बढ्ने छ । तिर्थयात्रा गर्ने अवसर प्राप्त हुनेछ । दिन राम्रो रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मिहिनेतीहरुका लागि दिन उत्साहजनक नै रहने छ । वुद्धिकोउपयोगले समस्या सुल्झाउन सकिनेछ  ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अध्ययनको लगावले वौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।