नेपाली कांग्रेसको शुभेच्छुक संगठन वी.पी. अध्ययन प्रतिष्ठान नेपाल नगर समिति उर्लाबारीका पदाधिकारीहरुको मंगलबार पदस्थापन भएको छ ।

सो प्रतिष्ठानका नगर अध्यक्ष दिपक भट्टराईको अध्यक्षता तथा नेपाली कांग्रेस मोरङ क्षेत्र नं.–१ का क्षेत्रिय सभापति खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अध्यक्ष भट्टराईले उपाध्यक्ष प्रेमराज शर्मा र रोहित आचाय, चन्द्र धिमाल सहितका २१ पदाधिकारीहरुलाई मनोनय पत्र प्रदान गरी पदस्थापन गराएका थिए ।


समितिको सचिवमा सुजित सिह, सहसचिवमा जितेन लिम्बु र रोयल राई, कोषाध्यक्षमा रुजा गौतम तथा सदस्यहरुमा बिवेक कार्की, टंकप्रसाद अधिकारी, गिता अधिकारी, सुरेन्द्र शर्मा, बसन्त भूजेल, वसिम खान, प्रताप तामाङ, अनिल कार्की, पुकार बोहोरा, उमेश सुन्दास, निरज लुईटेल र भक्त दर्नाल मनोनय भएका छन ।

कार्यक्रममा प्रमुख अतिथी फागोगले नेपाली कांग्रेसको आसन्न अधिवेसनमा युवा र वौद्धिक वर्ग  नेतृत्वको लागि  अघि बड्नु पर्ने बताउदै“ बर्षौ देखि उत्पीडनमा पारीएका दुर्गाप्रसाद खतिवडा, बेचु बस्नेत जस्ता दर्जनौ निष्ठान कार्यकर्तालाई क्षेत्रिय प्रतिनिधीमा ल्याउन सवै कार्यकर्ता लाग्नु पर्ने बताएका छन ।

सोही अवसरमा  नगरका वडाध्यक्ष चिन्तामणी पौडेल, गंन्जबहादुर कार्की, बिद्यार्थी नेता जनक खड्का, नेपाल तरुण दलका नगर सभापति रोहित कार्की सहितका आधा दर्जन वढी वक्ताले मनोनय भएकाहरुलाई शुभकामना दिदै उदेश्य अनुरुप कार्य गर्न सुझाएका छन ।